काठमाडौं । नन्दा देवी हिमाल (उत्तराखण्ड, भारत) चढ्न गएका ८ जना पर्यटकको ज्यान गएको छ । अधिकारीहरुका अनुसार हिजो ५ जनाको शब भेटिएको छ । अहिले ति ५ जनाको शव निकाल्ने तयारी भइरहेको छ । हिमाल चढ्ने १२ जनाको उक्त समुह १३ मे मा यात्रामा निक्लेको थियो उनीहरु २६ मे सम्म आइसक्नुपर्ने थियो तर उनीहरु आएनन् ।

उनीहरु ३१ मे सम्म पनि नआएपछि खोजि सुरु गरिएको थियो । भारतीय अधिकारीहरुका अनुसार २ जुनमा ४ जना बेलायती पर्वतारोहीलाई बचाइएको छ । हिमाल चढ्न गएका १२ जना मध्यमा ५ जनाको शव भेटिएको छ, भने ४ जनालाई जिवितै उद्धार गरिएको छ । अधिकारीहरुका अनुसार अहिले पनि ३ जना बेपत्ता भइरहेका छन् ।

हिमाल चढ्न जानेहरुमा ४ बेलायती, २ अमेरिकी, १ जना अष्ट्रलियाका र ५ जना भारतीय नागरिक थिए । हिजो उद्धार गरिएका मध्य एक मार्क थोमस सोमवार भारतीय वायुसेनाको हेलिकप्टरसँगै खोजबीनका लागि गएका थिए । थोमसले उक्त स्थानको तस्वीर लिए जहाँ उनीहरुले क्याम्प लगाएका थिए । तस्वीरमा त्यहाँ उनीहरुले ५ वटा शव देखेका छन् ।

थोमस दोस्रो क्याम्पमा थिए बेपत्ता भएकाहरु पहिलो क्याम्पमा रहेको बताइएको छ । बाकी ८ पर्वतारोहिले नंदा देवी हिमाल चढ्ने तयारी गरेका थिए । हिमाल चढ्न जाने दलको नेतृत्व बेलायती पर्वतारोही मार्टिन मोरान गरिरहेका थिए । उनी यो भन्दा पहिले पनि यो पर्वतमा आइसकेका थिए ।

उनले हालै दिएको जानकारी अनुसार आफु अहिलेसम्म कोही नपुगेको स्थानमा जान लागेको बताएका थिए । उनीहरु २६ मेसम्म मुंसियारी स्थित बेस क्याम्पमा आउँनुपर्ने थियो । उनीहरु सम्पर्कमा नआएपछि दोस्रो बेस क्याम्पमा रहेका थोमसको समुहले खोजिकार्य तिव्र बनाएको थियो ।

https://www.youtube.com/watch?v=QO4IngCbHpw&t=11s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार