ह्वाइट हाउस कुनै दिन इतिहासमा भन्सार शुल्कको संग्राहलय ‘ट्यारिफ म्यूजियम’ बन्ने ग्लोबल टाइम्सका सम्पादक हु सीजिनले आफ्नो शुक्रबारको ट्वीटमा उल्लेख गरेका छन् ।
अमेरिकाले मेक्सिकोको आयातमा १० जुनदेखि ५ प्रतिशत भन्सािर लगाउने घोषणा गरेपछि उनको यस्तो प्रतिक्रिया आएको हो । अमेरिकाले मेक्सिकोमाथि यदी यो मुलुकले अवैध आप्रवासीलाई रोक्नका लागि कदम नउठाएमा थप शुल्क लगाउयने चेतवानी दिएका छन् ।
सीजिनले भने,“भन्सार शुल्कको मामिलामा ह्वाइट हाउस धेरै कल्पनाशील छ । उसलाई लाग्छ कि भन्सार शुल्कबाट केबल सस्तो उत्पादनलाई मात्र रोक्न सकिने नभई अवैध आप्रवासन पनि घटाउन सकिन्छ ।”
ग्लोबल टाइम्स कम्युनिस्ट पार्टि अफ चाइनाको मुखपत्र पिपुल्स डेलीको प्रकाशन हो । यसका सम्पादक सीजिनले अमेरिका–चीनबीचको व्यािपार युद्धको विषयमा कैयौ पटक टिप्पणी पनि गरिसकेका छन् ।
कैयौ विश्लेषकका अनुसार मेक्सिकोमा आयात शुल्क लगाउनाले चीनसँग अमेरिकाको व्यापारिक सम्झौताको आशामा पनि झट्का लाग्न सक्छ । चीनले गत शुक्रबार घरेलु फर्मलाई नोक्सानी पु-याउने विदेशी कम्पनी तथा व्यक्तिको सूची बनाउने बताएको थियो । चीनले अमेरिकाको भटमास खरिद बन्द गरिसकेको छ र रेयर अर्थको आपूर्ति पनि बन्द गर्ने धम्की दिएको छ ।
अमेरिकाले १० मे मा २०० अर्ब डलरका चिनियाँ आयतमा शुल्क १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पु¥याएको थियो । चीनले पनि जवाफी कारबाही गर्दैै १ जुन देखि ६० अर्ब डलरका अमेरिकी आयातमा शुल्क बढाएको थियो ।
अमेरिका र चीनबी गत वर्ष मार्चमा व्यापार युद्ध सुरु भएको थियो । दुवै देशले एक–अर्काको आयातमा शुल्क बढाएका छन् । नोभेम्बरमा डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच जी–२० को सम्मेलनमा व्यापार युद्ध समाप्त गर्नका लागि व्यापार वार्ता गर्ने सहमती बन्यो । उक्त समयमा मार्चसम्म भन्सार शुल्क नबढाउने विषयमा ट्रम्पले सहमती जनाए ।
वार्ता जारी रहेकाले मार्चमा फेरी समयसीमा बढाइयो । तर मे मा अमेरिकाले चिनियाँ आयातमा भन्सार शुल्क बढाइदियो ।







