काठमाडौं । पछिल्लो समय फेरि सक्रिय भएर लागेको विप्लव नेतृत्वको नेकपामाथि सरकार कडा रुपमा प्रस्तुत भएको छ । केही दिन पहिले मात्रै सोलुखम्बुमा आक्रमण गरेको आरोप लगाइएको थियो ।

यो बिचमा सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवका एक कार्यकर्ता सिन्धुपाल्चोकको चौतारा बजारबाट हिजो साँझ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इन्द्रावती गाउँपालिका २ का पूर्ण मल्ल ठकुरी रहेको प्रहरीले जनाएको छ । मल्ल विप्लवका जिल्ला सदस्य समेत रहेका छन् ।

पक्राउपछि मल्लमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी मुकुन्द मरासिनीले जानकारी दिनुभयो । यसअघि पनि साँगाचोकबाट विप्लवका १७ जना कार्यकर्ता पक्राउ परेका थिए ।

उनीहरूलाई प्रहरीले सामान्य तारेखमा छाडेको थियो । सरकारले विप्लवमाथि प्रतिबन्धको घोषणा गरेपछि देशभरि विप्लवका गतिविधि दिन प्रतिदिन बढ्दै गएको सुरक्षा स्रोतले जनाएको छ ।

विप्लवका गतिविधिलाई ध्यानमा राखेर सरकारले पनि त्यही प्रकारले आफ्नो सुरक्षा बढाएको जनाएको छ ।

https://www.youtube.com/watch?v=QO4IngCbHpw

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार