काठमाडौं । विश्वमा अनेक भाषा धर्म र संस्कार भएका मानिसहरु बसोबास गर्दछन् । हरेक मानिसको रहनसहन लवाईबवाई फरक हुन्छ । आज हामी सर्पको बारेमा कुरा गर्न गइरहेका छौं ।
सर्पको रगत र मासु खाने भनेपछी हामिलाइ एलर्जी हुन्छ । तर सर्पको रगत र मासुका परिकारहरू खान्छन् भनेपछी अचम्म लाग्न सक्छ ।
हो, भियतनाममा सर्पको रगत मिसाएको रक्सी र मासु हालेका विभिन्न परिकारहरू खाने चलन रहेको छ । यस देशमा सर्पको मासुले यौनशक्ति बढाउँछ भन्ने विश्वास रहेको छ । जथाभावी वनबाट सर्पहरू समातिँदा त्यहाँको पारिस्थितिक प्रणालीमा नराम्रो प्रभाव पर्ने वन्यजन्तुविद्हरू बताउँछन्।
जंगलबाट समातेर ल्याइएका सर्पलाई काटिन्छ तर जिवितै राखेर र पछि उमालेको पानीमा हालेर मार्ने गरिन्छ । त्यसपछि टुक्रा पारेर पकाइन्छ अनि कागती, ग्रास र खुर्सानीसँग स्वाद मानेर खाने चलन छ।
मानिसहरुले सर्पको पित्त, रगत र मुटुसँग मदिरा पनि पिउने गर्छन् । तर ५० बर्षमाथिका मानिसहरुले मात्र यसरी पिउनुपर्छ भन्ने मान्यता राख्दछन् । एजेन्सी
https://www.youtube.com/watch?v=QO4IngCbHpw







