महिलाले ७ जनासम्म बच्चा जन्माएको समाचार त केही अघि सुनिएकै थियो। तर यो पटकचाहिँ एउटी महिलाले सातजना बच्चा जन्माएको होइन, एउटा स्कुलमा सँगै काम गर्ने ७ जना शिक्षिकाहरु एकैपटक गर्भवती भएको खबर आएको छ। अझ रोचक त के भने यी सातजना महिलाले कूल मिलाएर ८ जना बच्चा जन्माउने छन्। अर्थात् एकजना शिक्षिकाको गर्भमा जुम्ल्याहा हुर्किरहेका छन्।
अमेरिकाको घटना हो यो। कन्सासस्थित ओक स्ट्रीट प्राथमिक विद्यालयका सातजना शिक्षिकाहरु अहिले गर्भवती छन्। सातैजना शिक्षिकाहरु एकैपटक आमा बन्ने समाचारले गर्दा उक्त विद्यालयका सबैजना रोमाञ्चित नबन्ने कुरै भएन। स्कुलकी प्रधानाध्यापक एश्ले मिलरका अनुसार यसअघि सोही विद्यालयकाा दुईजना शिक्षिकाहरु गत अक्टोबरमा आमा बनेका थिए।
अहिले थप ७ जना सहकर्मीहरु एकसाथ आमा बन्ने खबर आफू दंग भएको उनको भनाइ छ। उक्त विद्यालयमा कूल १४ जना महिला शिक्षकले पढाउँछन्। त्यसमध्ये पूरै आधा अहिले गर्भवती भएका हुन्। आगामी अक्टोबरसम्ममा सबैले बच्चा जन्माइसक्नेछन्।
यसरी सातैजना शिक्षिकाहरु सुत्केरी बिदामा बसेपछि पढाउने शिक्षिकाहरुको जोहो कसरी गर्ने भन्ने चिन्ता प्रधानाध्यापिकालाई परिसकेको छ। सुत्केरी शिक्षिकाहरु बिदामा बसेपछि बिदा अवधिसम्मका लागि अस्थायी रुपमा शिक्षिकाहरु भर्ना गरिने उनले बताएकी छिन्। एजेन्सी
https://www.youtube.com/watch?v=QO4IngCbHpw







