काठमाडौं । अहिले नेपालमा जेठमा महाभुकम्प आउँछ भन्ने विषयले खुबै चर्चा पाएको छ । जनतालाई आत्तकित पार्न भ्रम फैलाउन खोजेको भन्दै अहिले विरोध हुन थालेको छ । देशमा ठूलो भूकम्प आउँछ भन्दै सर्वसाधारणलाई त्रसित पार्ने ३६ वर्षीय ‘ज्योतिष’ अर्जुन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले एक युट्युब च्यमनललाई दिएको अन्तरवार्तामा जेठ २९ भित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए । कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो । उ
नीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । उनको पछिल्लो समय जनस्तरबाट पनि विरोध हुँदै आएको छ । कतिपयले उनको कुरालाई ध्यानमा राखेर सचेत हुनुपर्ने धारणा पनि राख्दै आएका छन् ।janaboli







