सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की युवा नेतृ एवं सांसद रामकुमारी झाँक्रीले प्रदेश सरकारका मुख्यमन्त्रीहरुले बेकामे चुनिएको आरोप लगाएकी छिन् । उनले मुख्यमन्त्रीहरुले कामै गर्न नसकेको आरोप लगाएकी हुन् ।

सांसद झाँक्रीले पूँजीगत खर्च समेत गर्न नसकेको संघीय सरकारले बजेट कम दियो भनेर आलोचना नगर्न पनि प्रदेश सरकारलाई सचेत गराइन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘बजेटमा युवा बहस’ कार्यक्रममा उनले आफू काम नगर्ने तर संघीय सरकारले संघीयतालाई कमजोर बनायो भन्ने छुट प्रदेश सरकारलाई नरहेको भन्दै कडा आलोचना गरेकी थिइन् ।

कार्यक्रममा कांग्रेसका सांसद प्रकाश रसाइलीले सरकारले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने गरी बजेट ल्याउन नसकेको बताए । सांसद झाक्रि आफ्नै भित्र कडा र तिखो आलोचना गर्दै आएकी छिन् ।

https://www.youtube.com/watch?v=vMWxrLsUjxg

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार