मोरङको विराटनगर महानगरपालिका–१८ बुधनगरमा एक ८५ वर्षीया बृद्धा नातीबाट बलात्कारमा परेको आरोप लागेको छ । आफ्नै बयोबृद्ध ८५ वर्षीया काकी हजुरआमालाई बलात्कार गरेको आरोपमा विराटनगर–१८ बुधनगरका ३१ वर्षीय सकमा थरका एक युवालाई इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेपछि आरोप बाहिर आएको हो ।

गत वैशाख ५ गते घरमा श्रीमती र छोराछोरी नभएको मौकामा बयोवृद्धा काकी हजुरआमालाई रक्सीको सुरमा जवरजस्ती कपडा च्यातेर मुख थुनेर बलात्कार गरेको बृद्धा हजुरआमाले रुँदै प्रहरीलाई दिएको प्रारम्भिक बयानमा उल्लेख छ ।

बृद्धाको बयानका आधारमा इप्रका रानीले २९ वैशाखमा नाति पर्ने ती व्यक्तिलाई पक्राउ गरेर जबरजस्ती करणीअन्र्तगत अदालतमा मुद्दा दर्ता गराइसकेको छ । आफन्त कोही नभएकोले ससुरातर्फको नातामा भतिजा पर्नेको विराटनगर महानगरपालिका–१८ बुधनगरस्थित घरमा बृद्धा र उनका श्रीमान् २५ वर्षदेखि बस्दै आएका थिए ।

बृद्धाका श्रीमान् ५ वर्षअगाडि नै सवारी दुर्घटनामा ज्यान गुमाएपछि उनी एक्लै भएकी थिइन् । एक्लै बस्दै आएकी एक बृद्ध महिला उनलाई नातामा भजितो पर्नेका यौन पिचासु छोराले शाख्खै काकी हजुरआमासमेत नठानी बलात्कार गरेको बयानमा उल्लेख छ ।

यसरी खुल्यो पोल

आफ्नै नातामा नाति पर्नेले निर्ममतापूर्वक बलात्कार गरेको कुरा एक कान दुई कान मैदान हुँदै टोलभरी हल्ला फैलियो । हल्ला भएपछि बलात्कार आरोपीले बृद्धालाई आफन्तकोमा पठाएको भन्दै सिराहातिर पठाएका थिए । तर, गाउँलेले खोजी गर्दा नभेटेपछि सूचना प्रहरीसम्म पुगेको थियो । त्यसपछि बृद्धालाई २० दिन पहिले खोजी गरेर गाउँमा झिकाइएको थियो ।

सोच्नै नसक्ने घटना सार्वजनिक भएपछि स्थानीयवासी, वुद्धिजीवी, राजनीतिक दल, पीडित र पीडक बुधनगर गाउँपमा पञ्चायत बसेको थियो । पञ्चायत भेलामा पीडित महिलाले आफूमाथि भएको सबै घटना सुनाउँदा सबै तीन छक्क परेका थिए । र, सोही पञ्चायत बैठकमा श्रीमती र छोराछोरी अनि आमाबाबु सबै भएको नाती पर्ने ती पिचासु व्यक्तिले आफूबाट रक्सीको सुरमा गल्ती भएको स्वीकारेका थिए ।

घटना जघन्य भएकोले मिलाउन नहुने भन्दै जनप्रतिनिधिहरुले प्रहरीलाई सूचना दिएका थिए । त्यसपछि इलाका प्रहरी रानी विराटनगरले ती व्यक्तिलाई पक्राउ गरेको थियो । नातिबाटै बलात्कारमा परेकी बृद्धाको नागरिकता समेत थिएन । यसैले प्रहरीले धरानस्थित बिपी स्वास्थ्य प्रतिष्ठानमा ती बृद्धको लिगल जाँच गराएर स्वास्थ्य परीक्षण र उमेर यकिन गराएको थियो ।

मोरङ प्रहरीका अनुसार अनुसन्धान पूरा भैसकेकोले मुद्दा अदालतमा बुझाउने अन्तिम तैयारी भैरहेको छ ।

कोशी न्युजबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार