एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत मंगलबार राति सकिएको खेलमा श्रीलंका ३४ रनले विजयी भएको छ । वर्षाले प्रभावित भएको खेलमा श्रीलंकाले डकवर्थ लुइस नियमका आधारमा अफगानिस्तानलाई पराजित गरेको हो ।
श्रीलंकाले ३६ ओभर पाँच बलमा सबै विकेट गुमाएर २०१ रन बनाएको थियो । तर वर्षाका कारण अफगानिस्तानले ४१ ओभरमा १८७ रन बनाउनु पर्ने लक्ष्य पायो ।
लक्ष्य पछ्याएको अफगान टोलीले ३२ ओभर चार बलमा सबै विकेट गुमाएर मात्रै १५२ रन बनाउन सक्यो । उसका लागि नजिबुल्लाह जाड्रानले ४३, हज्रतुल्लाह जाजाइले ३० र गुलबदिन नैबले २३ रन बनाए पनि जितका लागि पर्याप्त भएन । श्रीलंकाका लासिथ मालिङ्गाले तीन तथा नुवान प्रदीपले चार विकेट लिए ।
पहिले ब्याटिङ्ग गरेको श्रीलंकाका लागि कुशल परेराले ७८, दिमु करुणारत्नेले ३० तथा लाहिरु थिरिमानेले २५ रनको बनाए । अफगानिस्तानका मोहम्मद नाबीले चार विकेट लिए। त्यस्तै डलट जड्रान र राशिद खानले दुई–दुई विकेट लिए ।









