यो पनि पढ्नुहोस्, खाद्यान्न बाली, तेलहन वा तरकारीबाली र रङ्गीचङ्गी फूलमा भमरा निकै झुम्मिन्थे । तर अचेल त्यस्ता भमरा सहरमा त देखिँदै देखिन्नन् । गाउँघरमा पनि देख्न मुस्किल बन्दैछ ।
सूक्ष्म कीराबाट विरुवालाई संरक्षण गर्दै परागसेचन गरी फल्न फुल्न सघाउने मित्रजीव भमरा पारिस्थितिक प्रणालीकै एक विशेष अङ्ग मानिन्छ । विश्वमै भमराको अवस्थिति बुझ्न गत वर्षको जुलाई महिनामा फ्रान्समा भमराकै बारेमा विशेष सम्मेलन नै चल्यो ।
भमराको अवस्था कहाँ के कस्तो छ भन्ने ठूलै बहस भएको त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक दयाराम भुसालले बताए । तर नेपालमा खासै अध्ययन नभएकाले केही तथ्य प्रस्तुत हुन सकेन ।
उनका अनुसार युरोप, अमेरिका, चीन, भारतमा भमराको उपयोग फलफूल उत्पादन तथा खाद्यान्न उत्पादनका लागि गर्ने गरिएको छ । ‘नेपालमा भने यसको वैद्यानिक अध्ययन भर्खरैमात्र सुरु भएको छ’ उहाँले भन्नुभयो,
‘अध्ययनको प्रारम्भिक अनुमानले भमराको उपस्थिति नेपालमा पातलिएकोछ । फूलको रस खान मनपराउने भमरा एक प्रकारको माहुरी हो ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
https://www.youtube.com/watch?v=vMWxrLsUjxg&t=14s







