काठमाडौं । अहिले नेपाली सामाजिक सञ्जाल मेयरमय भएको छ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई धम्की दिएको प्रकरण अहिले सर्वाधिक चर्चामा रहेको छ । उनले लगातार एकपछि अर्को गर्दै पत्रकारलाई धम्की दिने कामहरु गर्दै आएका छन् । कसैलाई ज्यान मार्ने धम्की दिनु उनका लागि सामान्य जस्तो लाग्छ ।

उनले हिजो चर्चिज एक टेलिभिजन कार्यक्रममा बोल्दै आफु नैं सबथोक भएको भन्दै जसले जे गर्न सक्छ गरे हुन्छ भन्ने खालको आषय व्यक्त गरेका छन् । उनले सत्तारुढ पार्टी नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल प्रचण्डदेखि युवा संघ उपाध्यक्ष पर्शुराम बस्नेतसम्मलाई बाँकी राखेनन् ।

पत्रकारदेखि कर्मचारीसम्मलाई लोपार्ने र कुट्नेसम्मका हर्कतका कारण विवादमा चर्चामा आएका उदण्ड मेयरले पछिल्लो पटक पत्रकार बिराट अनुपमलाई दिएको धम्की प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि मुछेका छन् । उनले भने, ‘केपी ओली, द्वारिकलाल चौधरीलाई कारबाही गर्ने हिम्मत छ ?’ उनले आफ्नो कुरा आफ्ना नेताहरुलाई लिएर सुनाउन सम्म पत्रकारलाई अनुरोध गर्न भ्याएका छन् ।

यति मात्र होइन, नेकपाको सुनसरी जिल्ला कमिटी सदस्य रामप्रसाद चौलागाईलाई पिटेको सन्दर्भलाई उप्काउँदै टेलिभिजनमार्फत नै चौधरीले भने, ‘पत्रकार कुट्ने पर्शुराम बस्नेतलाई कारबाही भएको छ ? यस्ता भ्रष्ट र परिचालित पत्रकारलाई कालो मोसो दल्छु ।’ चौधरी यतिमा रोकिएनन्, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नामै किटेर भने, ‘१७ हजार मान्छे मारेर राजनीतिमा आएका प्रचण्डलाई कारबाही भएको छ ? क्रान्तिमा जो जायज छ, त्यहि ठिक हुन्छ ।

मैले इटहरीमा क्रान्ति सुरु गरिसकेको छु ।’ उनले नेपालको संविधानको अपमान गरेका छन् । संविधानको दायरामा रहेर जनप्रतिनिधिले काम गर्नुपर्ने भन्ने विषयमा चौधरीले भने, ‘यो संविधान कम्युनिस्टले बनाएको होइन, यसको काम छैन । त्यसैले संविधानअनुसार चल भनेर मलाई नसिकाए हुन्छ ।’

उक्त प्रकरणमा नाम जोडिएका युवा संघ उपाध्यक्ष बस्नेतले मेयर चौधरीको मानसिक सन्तुलन गुमाएको हुनसक्ने भन्दै बर्खास्त गर्न आग्रह गरेका छन् । उनले फेसबुक स्टाटसमार्फत आफ्नो नाम जोडेर पत्रकारलाई धम्की दिने मेयरलाई पार्टी र पदबाट बर्खास्त गर्न नेकपासँग अपिल समेत गरेका हुन् ।

मेयर चौधरीले झण्डै ७ बर्ष अघि पत्रकार ‘खिलानाथ ढकालमाथि बिराटनगरमा भएको आक्रमण’लाई संकेत गर्दै बस्नेतको नाम जोडेका थिए । तर उक्त आक्रमणमा बस्नेतको प्रत्यक्ष संलग्नता भने नभएको बताइएको छ । उनले अबपत्रकारलाई कालोमोसो लगाएर गाउँ घुमाउने अनी केही थप भ्रष्ट कर्मचारीलाई बर्खास्त गर्ने जनाएका छन् । उनले आफुले जसले जे गर्न सक्छ त्यही गर्न पनि खुल्ला रुपमा चुनौती दिएका छन् ।

https://www.youtube.com/watch?v=vMWxrLsUjxg&t=14s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार