यौन दुर्बलताले धेरै मानिस पीडित छन् । यसको उपचारको लागि कतिपयले बजारमा पाइने बिभिन्न प्रकारका औषधी प्रयोग गरिरहेका हुन्छन् । यस्ता औषधीको प्रयोगबाट दीर्घकालीन रुपमा स्वास्थ्यमा नकारात्मक असर पर्दछ ।तनावपूर्ण जीवनशैली र अव्यवस्थित खानपानले सेक्स शक्तिमा ह्रास आइरहेको हुन्छ ।
यसको उपचारमा मानिसहरुले थुप्रै पैसा खर्च गरिरहेका हुन्छन् । तर, उनीहरुलाई सेक्स क्षमता बढाउने औषधी आफ्नै घर वरपर निःशुल्क रुपमा पाइन्छ भन्ने कुरा थाहा हुदैन । आयुर्वेदमा सेक्ससँग जोडिएका बिभिन्न समस्याको उपचार सैकडौं वर्षदेखि हुदै आएको छ । रोमन सभ्यतामा पनि मसलाको प्रयोगबाट सेक्स क्षमता बढाउने गरेको पाइएको छ ।
ठूलो इलायची, इलायची, ल्वाङ्ग, दालचीनी र कालो मरिच जस्ता मसलाको सन्तुलित सेवनले सेक्सको शक्ति बढाउँछ । त्यसैले पनि यिनैको सुगन्धको प्रयोग धेरै एरोटिक परफ्यूम बनाउन प्रयोग हुन्छ । ज्वानोको दाना नियमित रुपमा सेवन गरे सेक्सको इच्छा शक्ति बढ्छ । एक गिलास दूधमा कालो मरिचको पाउडर र बदाम मिलाएर सत्नुभन्दा अघि सेवन गरेमा पनि यौनको इच्छा बढाउन सहयोग हुन्छ ।
महमा कालो मरिच मिलाएर सेवन गरेमा पनि यौन शक्ति बढ्छ । यसले चिसोबाट पनि बचाउँछ । अश्वगंधा, रातो चन्दन, ल्वाङ्ग, सिधे नूनलाई बराबर मिलाएर खाएमा पनि शरीरलाई उत्तेजक बनाउछ र लामो समयसम्म यौन सम्पर्क राख्न सकिन्छ । अर्जुन रुखको सेतो बोक्रालाई धूलो बनाइ दूधमा मिलाएर रातिमा सेवन गरेमा कामेच्छा बढ्ने गर्दछ । यो पाउडर आयुर्वेदिक औषधि पसलमा पाइन्छ ।
विश्व रेकर्ड कायम गरे यी साहसिक व्यक्तिले
। नेपालले विश्वमा धेरै कुराहरुमा विश्व किर्तिमानी बनाएका छन् । रेर्कड कायम गर्नेहरुमा भिडमा दोलखाका लीलाबहादुर बस्नेतले काठमाडौंबाटै हिडेर सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर विश्व रेकर्ड बनाएका छन् । विगु गाउँपालिका १ लामाबगर निवासी ३७ बर्षिय बस्नेतले ७ दिनमा सगरमाथाको सफल आरोहण गरेर विश्वलाई एक नयाँ चुनौती दिएका छन् ।
हालसम्म बेस क्यामबाट ८ देखी १० घण्टामा हिमाल आरोहण गरी विश्व रेकर्ड राखिएको उनले त्यसलाई तोड्न काठमाडौंबाट यात्रा सुरु गरेको बताए । उनले जेठ ८ गते विहान सगरमाथाको आरोहण गरेका थिए । उनि सेभेन समिट टे«क्स मार्फत आरोहणका लागि सगरमाथा गएका थिए ।
हाल विश्वभर भाषा, धर्म, संकृतीको नाममा नेपाल लगायत विश्वभर अशान्त भइरहेको भन्दै त्यसको अन्त्यका लागि आफुले सगरमाथा आरोहण गरेको उनको भनाइ छ ।
नेपालको पर्यटकीय क्षेत्र र दोलखाको पर्यटन विकासका लागि आफ्नो आरोहणले थप सहयोग पुग्ने कुरामा उनी विश्वास गर्छन ।
बस्नेतले हिमाल आरोहणका लागि १० दिनको अनुमति लिएका थिए । विगु गाउँपालिकाका उपप्रमुख संजीव ओलीले बस्नेतले सगरमाथाको आरोहणसँगै विश्व रेकर्ड राख्न सफल भएकोमा आफुलाई खुःशी लागेको बताए ।janaboli







