काठमाडौं । लोकसेवा आयोगको विज्ञापनलाई लिएर स्थानीय तहमा विवाद देखिएको छ ।

यो बिचमा प्रदेश नम्बर २ को सत्तारुढ दल राजपा नेपाल समर्थित युवाहरुको समुहले हिजो सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला जलाएका छन् ।

लोकसेवा आयोग नेपालले निकालेको कर्मचारीको विज्ञापन समावेशी समानुपातिक नभएको भन्दै युवाहरूको एक समूहले पुत्लादहन गरेको हो ।

हिजो जनकपुरस्थित भानु चोकमा सडक जाम गर्दै जनकपुर युथ एक्सन फोर्स तथा लायन्स युथ क्लबले नाराबाजी गर्दै संयुक्तरुपमा मन्त्री पण्डित र अध्यक्ष मैनालीको पुत्ला दहन गरेका हुन् ।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा हात हालाहालको अवस्थासम्म सृजना भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार