एकजना कर्मचारीले घुस लिएको नोट नै निलिदिएका छन्। घुस लिएको आरोपमा पक्राउ पर्ने डरले उनले नोट निलेका हुन्।
घटना भारतको हो। भारतको गुजराँतस्थित पाटन जिल्लामा यो घटना भएको हो। एकजना पशु चिकित्सकले भ्रष्टाचार नियन्त्रण संस्था एसिबीले आफुलाई पक्राउ गर्ने पत्तो पाएपछि आफुले घुस लिएको २ हजार भारुको नोट क्वाप्पै मुखभित्र हालेर चपाएर निलेका हुन्।
एसिबीको योजना अनुसार एक नम्बर लेखिएको दुई हजार भारुको नोट सेवाग्राहीबाट ती कर्मचारीलाई घुस दिन लगाइएको थियो। जब अधिकारीहरु उनलाई रंगेहात पक्राउ गर्न भन्दै गए, त्यतिबेला सम्म उनले उक्त नोट खाइसकेका थिए। मुखमा नोट हाली चपाएर पानीसँग खुर्लुक्क निले उनले।
घुस लिएको सबुत कर्मचारीले निलेपछि एसिबीका कर्मचारी स्तब्ध भए र उनलाई अस्पताल लगे। एसिबीका अनुसार, भारतमा घुस्याहा कर्मचारीले पक्राउबाट बँच्नका लागि यस्तो हर्कत गरेको यो पहिलोपटक होइन।
समाचार अनुसार, समयमै अस्पताल लगिएपनि उनले नोट चपाएर निलिसकेको हुनाले सबुतको नोट प्राप्त हुन सकेन। सबुत प्रमाणको अभावमा ती घुस्याहा पशु चिकित्सकविरुद्ध मुद्दा दायर गर्न ढिलाई भएको बताइएको छ। एजेन्सी
https://www.youtube.com/watch?v=vMWxrLsUjxg&t=14s







