काठमाडौं । केही दिन पहिले मात्रै नेपालमा शक्तिशाली भुकम्प आउँछ भन्दै हिड्ने ज्योतिषलाई प्रहरीले पक्राउ गरेको छ । आफुलाई फेस रीडर बताउँदै आएका युवा ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यो बिचमा भुकम्पबारे नयाँ रहस्य खुल्न आएको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशकका सोमनाथ सापकोटाका अनुसार नेपालमा फेरी पनि ठुलो भूकम्प जान सक्ने सम्भावना रहेको छ ।भुगर्भविद्हरुले गरेको अध्ययनले पनि नेपाल उच्च भूकम्पीय जोखिम भएको देश हो । तिब्बतिय र भारतीय प्लेटको मिलन बिन्दु नेपाल रहेको हुनाले यो क्षेत्र भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण छ ।सयौ वर्ष देखि शक्ति संचय भएको हुनाले कुनै पनि समय भूकम्प जान सक्ने महानिर्देशक सापकोटा बताउछन । नेपालको काठमाडौं र पश्चिम क्षेत्रमा जुनसुकै समयमा पनि शक्तिशाली भुकम्प जानसक्ने भुगर्भविद्हरुको दावा रहेको छ ।क्षेत्रीले महिना र दिन नै तोकेको हुँदा जनतामा त्रास देखिएको थियो । नेपाल भुकम्पको उच्च जोखिम भएको देश हो यसमा शंका गर्नुपर्ने ठाउँ छैन । हामीले भुकम्पसँग भाग्नु भन्दा पनि जोखिम कसरी न्युन गर्ने भन्ने बारेमा जानकारी लिनुपर्ने हुन्छ ।भुकम्प प्रतिरोधी संरचना कसरी निर्माण गर्ने भन्ने जस्ता कुराहरुमा पनि हामीले ख्याल गर्नुपर्ने आजको आवश्यक्ता हो । उहाँसंग गरिएको कुराकनी हेर्नु यहाँ थिच्नुहोस्

janaboli

दिउँसो सत्नुे बानी छ ? शरीरलाई हुनसक्छ खतरा, पाउनुस् थप जानकारी

शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो सुत्ने बानी परेको हुन्छ । तर शास्त्र र आयुर्वेदमा दिनमा सुत्न अनुचित मानिएको छ।

दिउँसो सुत्दा पाचनतन्त्रमा गडबडी हुन्छ र खाना सही तरिकाले पच्दैन । यसले गर्दा कब्जियत, ग्यास, अपच लगायत समस्या आइलाग्नुका साथै मोटोपन पनि बढ्छ । दिउँसो एकछिन आराम गर्दा त कुनै हानि हुँदैन तर खाना खाएर गहिरो निद्रामा जाँदा चाहिँ पेटसम्बन्धी रोग लाग्छ ।

त्यस्तै दिउँसो सुत्दा ज्वरो, गलासम्बन्धी समस्या, स्मरण शक्ति कमजोर, अंग फुल्ने, आलस्य बढ्ने पनि हुन्छ । यसका अलावा धार्मिक मान्यताले पनि दिउँसो सुत्न निषेध गरेको छ । दिउँसो सुत्ने मानिसको घरमा लक्ष्मीको वास नहुने मान्यता छ। तर केही मानिसका लागि अलिकति आराम गर्नु पनि राम्रै हुन्छ।

विद्यार्थीहरूले लगातार कैयौं घन्टा पढेपछि आराम गर्नका लागि दिउँसो एक झप्को लिनु ठीकै हुन्छ। वृद्धहरूका लागि पनि शरीर र मस्तिष्कलाई आराम दिनका लागि दिउँसो सुत्नु ठीक हुन्छ। असाध्यै क्रोधी मान्छेले पनि दिउँसो सुत्दा दिमाग शान्त हुन्छ । कडा शारीरिक मेहनत गर्ने मानिसले पनि शरीरका अंगलाई आराम दिन दिउँसो सुत्दा हुन्छ। एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार