काठमाडौं । नुनको मात्रा बढी कैयौँ शारीरिक समस्या निम्तिने गर्छ। शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निने जस्ता समस्या हुन्छ।

त्यस्तै, शरीरमा नुनको मात्राा बढी भएमा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायत गम्भीर समस्यासमेत हुने सम्भावना रहन्छ।

कतिपयले खानेकुरामा नुन छर्केर खाने गर्छन्। जुन स्वास्थ्यका लागि खतरनाक मानिन्छ।

तसर्थ, सकेसम्म खानामा नुनको मात्रा कम गर्ने। साथ, फास्टफुड र जंकफुड खानबाट बच्नुपर्छ। किनकि, यस्ता खाद्यपदार्थमा नुनको मात्रा अधिक हुन्छ।

घरमै बनाएरको खाना खानुपर्छ। र, खानामा धनियाँ, खुसार्नी, जाइफल, अदुवा, आदिलाई मिश्रण गर्नुपर्छ। यस्ता मसलाले बढी नुन खाने बानी छुटाउन मद्दत गर्छ।

https://www.youtube.com/watch?v=vMWxrLsUjxg&t=32s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार