काठमाडौं । पछिल्ला दिनहरुमा सक्रिय रुपमा लागेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जग्गा कब्जा गरेको छ । देशैभर भू–माफियाको चलखेल बढिरहेको समाचार एकपछि अर्को गरी सार्वजनिक भईरहेका छन् । जहाँ सडक,नदी लगायतका सरकारी जग्गा समेत व्यक्तिको नाममा भएको एक पछि अर्को गर्दै सार्वजनिक भईरहेका छन् ।

यो बिचमा सरकारद्वारा प्रतिबन्धित संगठन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भक्तपुरमा जग्गा कब्जा गरेको छ । विप्लवले भक्तपुरमा भू–माफियाको चलखेल भएको भन्दै एक रोपनी जग्गा कब्जा गरेको दाबी गरेको छ । उक्त जग्गा विप्लव समूहको भक्तपुर जिल्ला जनपरिषदले चाँगुनारायण नगरपालिका–२ दुवाकोटको एक रोपनी जग्गा कब्जामा लिएको जनाइएको छ ।

उक्त जग्गामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झन्डा गाडेको छ । कब्जा गरिएको जग्गामा व्यानर नै लगाइएको छ । जहाँ लेखिएको ‘यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पाइँदैन, अन्यथा जनपरिषदले कडा कारबाही गर्नेछ ।’ केही दिन पहिले सोलुखुम्बुमा प्रहरी चौकी नियन्त्रणमा लिन खोजेको आरोप लागेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भक्तपुरमा जग्गा नियन्त्रणमा लिएको हो ।

सो जग्गा चाँगुनारायण नगरपालिका–५ की निर्मलाकुमारी पुरी र भक्तपुर–१० कमलविनायककी चन्द्रमाया सुवालको नाममा छ । वास्तविक धनीबाट उम्काएर भू–माफियाले चलखेल गरी उक्त जग्गा आफ्नो नाममा ल्याएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आरोप छ ।

https://www.youtube.com/watch?v=vMWxrLsUjxg&t=32s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार