काठमाडौं । चन्दा नदिएको भन्दै प्रदेश नम्बर २ राजपुर नगरपालिकाका मेयर भने कुटिएका छन् । उनी इद मनाउनका लागि चन्दा दिन तयार नभएका कारण कुटिएको जनाइएको छ । मेयर शेख सकिलमाथि राजपुरको महम्मुदिया मस्जिदमा कुटपिट भएको हो । शेख कासिम लगायतका व्यक्तिहरुले मेयर सकिल माथि आक्रमण गरेको दाबी गरिएको छ ।
पहिला पनि धार्मिक कार्यक्रममा चन्दा दिने गरेको तर मंगलबारसम्म इदका लागि चन्दा नदिएपछि मेयरमाथि आक्रमण भएको सर्वसाधारण बताउँछन । नवाज पढ्न गएको बेला स्थानीयले आफूसँग सहयोग रकम माग गरेको बुधबार दिन्छु भन्दा कुटपिट गरेको मेयरले बताएका छन् । टाउकोमा चोट लागेका मेयरको वीरगञ्जस्थित अस्पतालमा उपचार भइरहेको छ ।
पछिल्ला दिनहरुमा एकदमै चर्चामा आएको नाम द्वारिकलाल चौधरी पनि हो । इटहरी उपमहानगरपालिकाका मेयर चौधरीले चन्दा माग्न आउने त के, भ्रष्टाचार गरेको अभियोगमा दुई कर्मचारीलाई पिटेर खेदेका छन । कर्मचारी आन्दोलनमा आए । घटना केही दिनमा सामसुम होला जस्तो बन्यो ।
चौधरीले अझै एक दर्जन कर्मचारीलाई निशानामा राखेको घोषणा गरेका छन् । उनी पत्रकारलाई कालो मोसो दल्छु भन्ने बयानका कारण पनि अहिले विवादमा मात्र छैनन्, सामाजिक सञ्जालमा सर्मथन र विरोध दुवै भइरहेका छन् । यो भिडमा एउटा मेयरमाथि आक्रमण गरिनु आफैंमा गलत्त भएको धेरैको बुझाई रहेको छ ।janaboli







