काठमाडौं । नेपालले विश्वमा धेरै कुराहरुमा विश्व किर्तिमानी बनाएका छन् । रेर्कड कायम गर्नेहरुमा भिडमा दोलखाका लीलाबहादुर बस्नेतले काठमाडौंबाटै हिडेर सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेर विश्व रेकर्ड बनाएका छन् । विगु गाउँपालिका १ लामाबगर निवासी ३७ बर्षिय बस्नेतले ७ दिनमा सगरमाथाको सफल आरोहण गरेर विश्वलाई एक नयाँ चुनौती दिएका छन् ।

हालसम्म बेस क्यामबाट ८ देखी १० घण्टामा हिमाल आरोहण गरी विश्व रेकर्ड राखिएको उनले त्यसलाई तोड्न काठमाडौंबाट यात्रा सुरु गरेको बताए । उनले जेठ ८ गते विहान सगरमाथाको आरोहण गरेका थिए । उनि सेभेन समिट टे«क्स मार्फत आरोहणका लागि सगरमाथा गएका थिए ।

हाल विश्वभर भाषा, धर्म, संकृतीको नाममा नेपाल लगायत विश्वभर अशान्त भइरहेको भन्दै त्यसको अन्त्यका लागि आफुले सगरमाथा आरोहण गरेको उनको भनाइ छ ।

नेपालको पर्यटकीय क्षेत्र र दोलखाको पर्यटन विकासका लागि आफ्नो आरोहणले थप सहयोग पुग्ने कुरामा उनी विश्वास गर्छन ।

बस्नेतले हिमाल आरोहणका लागि १० दिनको अनुमति लिएका थिए । विगु गाउँपालिकाका उपप्रमुख संजीव ओलीले बस्नेतले सगरमाथाको आरोहणसँगै विश्व रेकर्ड राख्न सफल भएकोमा आफुलाई खुःशी लागेको बताए ।janaboli

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार