विद्यार्थीको हात भाचिने गरि कुटपिट गर्ने शिक्षिकालाई मुद्दा चलाइने भएको छ । १४ जना विद्यार्थी घाइते हुने गरि कुटपिट गरेकी शिक्षीकाले पाँच जना विद्यार्थीको हात समेत भाँचिदिएकी थिइन ।

रोल्पाको रुम्टीगढी गाउँपालिका ८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा चलाउने तयारी गरेको रोल्पा प्रहरिले बताएको छ ।

उनलाई थप अनुसन्धानका लागी १० दिन म्याद थप गरि ईलाका प्रहरी कार्यालय होलेरी पठाइएको छ । सोमबार विद्यालय छुट्टी भएपछि शिक्षिका पुनलाई ईलाका प्रहरी कार्यालय होलेरीकोे टोलीले पक्राउ गरेको थियो ।

शिक्षिका पुनलाई १ वर्ष सम्म कैद वा १० हजार सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुन विदहरुले बताएका छन । अपराध संहिता २०७४ को दफा १ सय १८ मा उक्त सजायको व्यवस्था गरेको जनाइएको छ ।

शिक्षिका पुनले विद्यार्थीलाई कुटपिट गरी हात नै भाँचिदिएको खबर सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख (डिएसपी) दीपक खड्काले शिक्षिका पुनलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका छन् । उनीहरुमध्ये पाँच जनाको दाङमा उपचार भइरहेको छ । घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोकाको हातमा गम्भीर चोट लागेको छ । उनीहरुको हातको आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा प्लाष्टर गरिएको छ ।

जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको उपचारमा संकलगन चिकित्सक डा. घनश्याम शर्माले जानकारी दिनुभयो । शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै लट्ठीले अन्धाधुन्ध हिर्काउँदा विद्यार्थी घाइते भएका थिए ।

आफूहरु लाइन लाग्दै गरेको बेला शिक्षिका पुनले अन्धाधुन्ध लट्ठी चलाउन शुरु गरेको बालिका भीम कुमारी बाँठाले बताउनु भयो ।

शिक्षिकाको कुटाइबाट सामान्य घाइते हुनेहरु प्रेम पुन, सन्तोष बुढा मगर, दिपा बाँठा, वीर बहादुर घर्ती, अरुणा पुन, सुशिला विक, विपना घर्ती, मन कुमारी घर्ती र पूर्णकली रहेका छन् ।

घटना भएको बैशाख १२ गते भए पनि वडा नम्बर ८ का अध्यक्ष भीम बहादुर घर्तीको रोहबारमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र गरेको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक मेघ नाथ चापागाइले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार