काठमाडौं । नेपाली काँग्रेसका सांसद तथा युवा गगन थापाले निजामती कर्मचारीका लागि हप्तामा दुई दिन विदा दिने प्रस्ताव गरेका छन् ।
संसदमा विचाराधीन संघीय निजामती सेवा ऐनको विधेयकमा छलफलका क्रममा सांसद थापाले सरकारी कर्मचारीलाई हप्तामा दुई दिन शनिवार र आइतवार विदा दिने प्रस्ताव गरेका हुन ।
त्यस्तै सरकारका सचिवहरूको कार्यकाल पाँच वर्षदेखि घटाएर तीन वर्ष बनाउने प्रस्ताव गरिएको छ। संसद्मा विचाराधीन संघीय निजामती सेवा ऐनको विधेयकमा सचिवको कार्यकाल दुई वर्ष घटाउन संशोधन प्रस्ताव आएको हो ।
उत्कृष्ट कार्यसम्पादन गर्ने सचिवको सेवाअवधि भने दुई वर्ष थपेर पाँच वर्ष नै कायम गर्ने प्रस्ताव गरिएको छ ।
https://www.youtube.com/watch?v=CRpxguYk-ZU&t=9s







