काठमाडौं । सामान्यतया जेलमा मान्छेहरु कुनै गलत्त काम गरे वापत्त सजाय काट्नको लागि जाने गर्दछन । तर अहिले विश्वमा अनेक प्रकारका जेलहरु निर्माण भएका छन् । यो बिचमा एउटा यस्तो जेल पनि पत्ता लागेका छ जहाँ कैबन्दीहरु मदिरा पिइरहेका देखिएको छ । जेलमा रक्सी मासुको व्यवस्था भएको जेल सायदै होलान ।

तर भारत उत्तर प्रदेशको प्रयागराजका बाहुबली पूर्व सांसद अतीक अहमदलाई अहमदाबाद पठाइएको छ । उनलाई पठाएपछि प्रयागराजको नैनी केन्द्रिय जेलमा सजाय काट्दै आएका कैदीहरुलाई मदिराको नशामा नाँचिरहेको देखिएको छ । यसमा कैदीबन्दीहरु कुखुरासहित देखिएका छन् । यस्तो तस्वीर आएपछि अहिले प्रशासनमा ठुलो खलबली मच्चिएको छ ।

एडीजी जेल चंद्रप्रकाशले जाँचका लागि डीआईजी बीआर वर्मालाई जिम्मा दिएका छन् । अहिले भाइरल भिडियोमा देखिएका व्यक्तिहरु ५० हजार इनामी उदय यादव, २५ हजार इनामी रानू, राजकुमार र ५० हजार इनामी गदऊ पासी मदिरा पार्टीमा देखिएका छन् । उनीहरुले जेल भित्र नै मदिरा पिइरहेको भिडियो भाइरल भएको छ ।

जेल भित्रबाट यस्तो गम्भीर भिडियो बाहिर आएपछि अहिले प्रहरीप्रति जनताको रिस देखिएको छ । पूर्व सांसद अतीक अहमद गएको २३ अप्रीलमा लखनऊका कारोबारी मोहित अग्रवाललाई अपहरण गरेर पिटेको आरोप लगाइएको थियो ।

साथै, अतीक मोहितमाथि केही कम्पनीहरुलाई डर धम्की दिएर जबरजस्ती आफ्नो नाममा ल्याएको पनि आरोप छ । यो जानकारी पछि अतीकलाई बरेली जेल पठाइएको हो । सर्वोच्व अदालतले दुई दिन पहिले अतीकलाई गुजरात पठाएको थिए । घटनाको अहिले अनुसन्धान भइरकोे छ । माथि राखिएका सम्पुर्ण मुद्रा भारुमा भएको जानकारी गराइन्छ ।janaboli

https://www.youtube.com/watch?v=CRpxguYk-ZU&t=9s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार