काठमाडौं । सीमा क्षेत्रमा अचानक गोली चल्न थालेपछि एक जनाको ज्यान गएको छ । भारतको जम्मू–कश्मीरको पुलवामामा आज ईदका दिन आक्रमणकारीहरुले घरमा अन्धाधुन्दा गोली चलाएपछि १ जनाको ज्यान गएको हो । यो आक्रमणमा एक जना महिलाको ज्यान गएको छ भने एक जना युवक गम्भीर घाइते भएका छन् ।
घाइतेको अवस्था पनि चिन्ताजनक भएको बताइएको छ । अर्को तिर श्रीनगरमा ईदमा नमाज पढेर केही व्यक्तिहरु सडकमा आएका छन् । उनीहरुको हातमा आतंकी संगठन इस्लामिक स्टेट (आईएस) र जाकिर मूसाको पोष्टर पनि भएको जनाइएको छ । प्रहरीले दिएको जानकारी अनुसार आक्रमणकारीले जुन घरमा गोली चलाए त्यहाँ इदको रौनकता चलिरहेको थियो ।
उक्त क्षेत्रमा उनीहरु गोली चलाएर भागेको प्रहरीले बताएको छ । मृतक महिलाको नाम नगीना हो । उक्त क्षेत्रमा उच्च सुरक्षा व्यवस्था कायम गर्दै आक्रमणकारी खोज्ने कार्य भइरहेको प्रहरीले बताएको छ । नगीनाका पति यूसुफ लोनको पनि अज्ञात समुहले आज भन्दा झण्डै २ वर्ष पहिले हत्या गरेका थिए ।
श्रीनगरमा एक मस्जिदमा नमाज पढेपछि केही व्यक्तिहरुले प्रहरीमाथि आक्रमण गरेको जनाइएको छ । पाकिस्तान र आतंकी संगठन इस्लामिक स्टेट (आईएस) झण्डा पनि प्रदर्शन गरेको जनाइएको छ । उक्त भिडमा धेरै जसो युवाहरु नै भएको जनाइएको छ । प्रहरीले दिएको जानकारी अनुसार हाफिज सईद, मसूद अजहर र जाकिर मूसाको पनि ब्यानर देखिएको थियो ।
https://www.youtube.com/watch?v=CRpxguYk-ZU&t=9s







