आइतबार उत्तर कोरियाको सरकारी मिडियाले देशका एक उच्च पदस्थ कुटनीतिज्ञ किम योङ चोल सर्वोच्च नेता किम जोङ उनसँगै बसेको एउटा तस्वीर सार्वजनिक गरेको छ ।

शुक्रबार मात्रै दक्षिण कोरियाको सबैभन्दा ठूलोमध्य एक समाचारपत्रले उनलाई पदबाट हटाएर श्रम शिविरमा पठाइएको समाचार लेखेको थियो ।

किम जोङ चोल एक वर्ष अघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्न ह्वाइट हाउस पुगेका थिए ।

विश्लेषकले पहिलेनै अमेरिकासँग सम्वादको नेतृत्व गरिरहेको केही उत्तर कोरियाली कुटनीतिज्ञलाई सजाय हुनसक्ने अनुमान गरेका थिए । अमेरिका र उत्तर कोरियाबीचमा भएको पछिल्लो वार्ता सहमतीबिना नै हनोईमा अचानक अन्त्य भएको थियो ।

तर किम जोङ उनसँग खराब सम्बन्ध भएको पदाधिकारीलाई सामान्यतया सार्वजनिक स्थानमा बोलाइदैन ।

उत्तर कोरियाको सरकारी समाचारपत्र रोदोङ सिनमुनले सार्वजनिक गरेको तस्वीरमा किम जोङ चोल उत्तर कोरियाली सर्वोच्च नेताभन्दा केही सिट टाढा बसेको देखिन्छ ।

तस्विरमा रहेको व्यक्तिहरुको नाममा चोलको नाम पनि दिइएपछि उनीजस्तो लाग्ने व्यक्ति हातले मुख छोपिरहेकाले अनुहार भने प्रष्ट छैन । त्यस्तै उनको सहायक किम ह्योक चोलको पनि कुनै उल्लेख छैन ।

दुई कुटनीतिज्ञको पलायनबारेमा पहिलो समाचार दक्षिण कोरियाको सबैभन्दा धेरै वितरण हुने पत्रिका चोसुन इल्बोले प्रकाशित गरेको थियो । खबरमा उत्तर कोरियाका एक अज्ञात अधिकारीलाई उदृत गरिएको छ ।

तर विज्ञले समाचार प्रकाशन भए लगत्तै स्रोतका कारण समाचारको सत्यतामाथि प्रश्न गरेका थिए । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले भने उनको देशले खबरमाथि निगरानी गरिरहेको प्रतिक्रिया दिएका थिए ।
तर दक्षिण कोरियाली पत्रिकाले समाचार लेखे लगतै, त्यसको सत्य पुष्टि हुनु अघिनै विश्वभरी फैलिन भयो । समाचारलाई विश्वका प्रतिष्ठित समाचार संस्था सीएनएन र बीबीसीले पनि स्थान दिए ।

तर केही संचारमाध्यमले भने एउटा मात्र अज्ञात स्रोतमाथि निर्भर रहेकाले समाचारमाथि प्रश्न गरेर प्रस्तुत गरेका थिए । त्यस्तै समाचारलाई उत्तर कोरिया अझ दक्षिण कोरियाकै सरकारले पनि पुष्टि गरेका थिएनन् ।

यस अघि दक्षिण कोरियाको मिडियामा अज्ञात स्रोत उदृत हुँदा विभिन्न समयमा गलत समाचार बाहिर आएका थिए ।

‘किमले आफू वरिपरी जे कुरामा पनि सहमति जनाउने मानिस राखेका छन् । उनले विगत ६ वर्षको अवधिमा ३०० भन्दा बढी शिर्ष अधिकारीलाई या त मारेका छन् या तिनका पदबाट बर्खास्त गरेका छन् ।

यस्तोमा उनलाई हनोई सम्मेलनमा ठूलो सफलता हासिल हुदैंछ भनेर गलत व्रिफिङ गरिएको कुरा बाहिर आएको अवस्थामा धेरैले समाचारमा विश्वास गरे ,’ अमेरिकी रक्षा मन्त्रालयका पूर्व कर्मचरी तथा कोरिया विज्ञ म्यान ज्याकसनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार