काठमाडौं : केही दिनअघि ब्राजिलको एक जेलमा दुई आपराधिक समूह एकअर्कासँग भिडे जसमा ६० मानिसको मृत्यु भयो । खबरमा आएअनुसार मारिएका मानिसमा जेलका अधिकारीहरू पनि छन्।
ब्राजिलको यो जेलका अलावा संसारमा यस्ता अनेकौं खतरनाक जेल छन् जहाँ जान कैदीहरू पनि डराउँछन्।
टडमोर जेल, सिरिया
सिरियाको यो जेलमा कैदीहरूको मृत्युदर अत्यधिक छ । यहाँ कैदीहरूले भीषण यातना सहनुपर्छ । कुटपिट हुने र खान नपाउने त यहाँ सामान्य हो । यहाँ स्थानीय आपराधिक समूहहरू छन्। सन् १९८० मा राष्ट्रपति हफेज अल असदको आदेशबाट लगभग २४ सय कैदीहरूको हत्या गरिएको थियो।
गीतारामा केन्द्रीय कारागार, रुवान्डा
यो संसारको खतरनाक जेलमा पर्छ । यहाँका कैदीहरूले एकअर्कालाई मारेर खाएको घटना समेत छ । जेलको क्षमता ६०० भएपनि यहाँ सात हजार कैदी राखिएको छ।
डियारबाकिर जेल, टर्की
टर्कीको यो जेलमा मानवअधिकार उल्लंघनका धेरै घटनाहरू हुने गर्छन् । यहाँ कैदीहरूको मृत्युदर पनि उच्च छ । यहाँ कैदीहरूलाई शारीरिक र मानसिक यातना दिइन्छ र यौन शोषण पनि हुन्छ।
ब्याङक्वाङ जेल, थाइल्यान्ड
यो जेलमा कैदीहरूलाई रासायनिक यातना समेत दिइन्छ। यहाँ मृत्युदण्ड पाएका कैदीहरूले फलामको सिक्रीले बाँधेर राखिन्छ। मृत्युदण्डको सजायभन्दा पहिले कैदीहरूको टाउको काट्ने गरिन्थ्यो यहाँ।
त्यस्तै फ्रान्सका ला सान्ते जेल, भेनेजुएलाको ला साबानेटा, उत्तर कोरियाको क्याम्प २२, ब्राजिलको कारान्दिरु लगायतका जेलहरू पनि धेरै बदनाम र खतरनाक छन्। एजेन्सी
https://www.youtube.com/watch?v=CRpxguYk-ZU&t=35s







