मेडिकल उपाय नलागेपछि प्रायः मानिसहरू सन्तानका लागि मन्दिर जाने गर्छन् । यहाँ हामी यस्तो मन्दिरको बारेमा कुरा गर्दैछौं जहाँ जाँदा सन्तान सुख प्राप्त हुने मान्यता छ।
भारतको हिमाचल प्रदेशको मन्डी जिल्लामा सिमस गाउँ छ। त्यहाँ रहेको सिमसा देवीको मन्दिरको भुइँमा सुत्ने निःसन्तान महिलाले सन्तान पाउने प्रसिद्धि छ।
त्यसरी सुत्ने महिलालाई देवी माताले आफैं आएर आशीर्वाद दिने मान्यता छ । त्यसैले टाढाटाढाबाट निःसन्तान महिलाहरू यो विशेष भुइँमा सुत्न आउँछन्।
सन्तानदात्री देवीको मन्दिर भनेर पनि यसको नाम प्रसिद्ध छ। यहाँ सलिन्दरा नवरात्र उत्सव मनाइन्छ जसको अर्थ हुन्छ सपनामा आउने।
यस मन्दिरको भुइँमा सुत्दा देवीले सपनामा महिलालाई सन्तानको आशीर्वाद दिनि्छन् भन्ने विश्वास गरिन्छ।
https://www.youtube.com/watch?v=CRpxguYk-ZU&t=35s







