दक्षिण एसियाको गाउँ आम रुपमा कच्चा भवन, कच्ची सडक तथा पिछडापनका लागि चिनिन्छ । तर भारतको गुजरात प्रदेशमा दर्जन यस्ता गाउँछन् जसलाई करोडपतिको गाउँ भनिन्छ ।
यो गाउँ अन्यन्त सुन्दर र समृद्धिको रुपमा रहेको छ । यो विरोधाभास कसैलाई पचि चकित पार्न सक्छ । यहाँको ग्रामीणले अरर्बौं रुपयाँ बैकमा जम्मा गरेर राखेका छन् ।
यो गाउँलाई गुजरातको सवैभन्दा धनी गाउँ भनिन्छ । चौडा सडक, ठूला सुन्दर घरहरु यो गाउँको समृपद्धिको परिचय हो । यहाँको सुन्दरता र समृद्धि कुनै यूरोपीय गाउँमा रहेको भ्रम उत्पन्न गराउन सक्छ । यहाँका आठ बैंकको दुई
वर्षको डाटा हेर्ने हो भने डेढ हजार करोड रुपैयाँ जम्मा भएको छ । गाउँमा कयौ घरहरुमा चाल्चा लगाइएको छ । यहाँका अधिकांश मानिस विदेशमा बस्छन् ।
उनीहरु केही समय विदेमा बस्छन् भने केही समय उक्त गाउँमा बस्छन् । त्यहाँका अधिकांश मानिस बाहिर कमाउँछन् र त्यस गाउँमा ल्याउँछन् । यो गाउँका मानिस धेरै जसो अफ्रिका र खास गरेर नैरोबीमा रहेका छन् । केही मानिस बेलायतमा र अस्ट्रेलियामा पनि बस्छन् ।







