रिलायन्स इण्डष्ट्रिजका सुरुवातकर्ता धीरुभाइ अम्बानीको आज ८५ औं जयन्ती मनाइँदैछ । यस अवसरमा हामीले अम्बानी परिवारकी बुहारी नीताका केही खास कुराहरु बताउँदैछौं । नीता अम्बानीले एक अन्तरवार्तामा आफ्नो सोखको बारेमा बताएकी थिइन्।

अन्तरवार्तामा उनले भनेअनुसार नीताले आफ्नो दिनको सुरुवात जापानका बनेको पुरानो क्रकरी ब्राण्डको नोरिटेक कपमा चिया पिएर गर्छिन् ।

नोरिटेक क्रकरीको खास विशेषता यो हो कि यसमा सुनको किनारा छ र यसको ५० पिसको सेटको मूल्य झण्डै अढाइ करोड नेपाली रुपैयाँ पर्छ । अर्थात यो एउटै कपको मूल्य झण्डै ५ लाख रुपैयाँ पर्न जान्छ ।

नीता ब्राण्डेड हातेघडीकी पनि शौखिन हुन् । उनको वाच कलेक्सनमा बुल्गारी, राडो, कार्टियर, गुची, कल्भिन क्लिन र फोसिलजस्ता ब्राण्डहरु छन् । यी ब्राण्डका घडीहरुको मूल्य अढाइदेखि ३ लाख नेपाली रुपैयाँबाट सुरु हुन्छ ।

उनका गहना त हिराका हुन्छन् नै उनको ब्याग पनि हिराजडित हुन्छन् । संसारका सबैभन्दा महंगा ब्राण्ड चनेल, गोयार्ड, जिम्मी चु केरीजस्ता ब्राण्ड उनी प्रयोग गर्छिन् ।

नीतालाई स्टाइलिश जुत्ता निकै मन पर्छन् । एक अंग्रेजी अखबारका अनुसार नीताले कपडा र जुत्ता कहिल्यै पनि दुई पटक लगाउँदिनन् ।

उनीसँग पेड्रो, गार्सिया, जिम्मी चु, पेलमोडा, मार्लिन ब्राण्डका जुत्ता र सेण्डिल छन् । यी सबैब्राण्डको मूल्य झण्डै डेढ लाखबाट सुरु हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार