काठमाडौं । पुर्व प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को निजी सुरक्षामा गम्भीर फेरबदल गरिएको छ । उहाँको सुरक्षा प्रमुखमा प्रहरी नायव उपरिक्षक (डिएसपी) नरेशराज सुवेदी खटिनु भएको छ ।

हाईटी मिसनबाट हालै फर्किएका सुवेदीलाई प्रहरी प्रधान कार्यालयले बिहीबारबाट प्रचण्डको निजी सुरक्षा प्रमुखको रुपमा खटाएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको प्रमुखको रुपमा सरुवा भए पनि बिहीबार उहाँलाई सुरक्षा सेवा ब्यवस्थापन निर्देशनालयमा काज सरुवा गरेर प्रचण्डको सुरक्षामा खटाईएको हो ।

यसअघि प्रचण्डको निजी सुरक्षा प्रमुखको रुपमा कार्यरत डिएसपी सन्तोष सिंह राठौरको महानगरीय प्रहरी वृत लैनचौरमा सरुवा गरिएको छ । यो सँगै प्रचण्डको सुरक्षामा ५९ सुरक्षाकर्मी हुने भएका छन् ।janaboli

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार