काठमाडौं । डाक्टरले लेखेको कक्ष निकै कम मानिसले बुझ्छन् । डाक्टरले लेखेको प्रेस्क्रिप्सनमा लेखिएका एक/दुई शब्दबाहेक अरु शब्द बुझ्नै सकिँदैन ।
तर के तपाइँलाई थाहा छ ? डाक्टरहरु जानीजानी यति फोहारो अक्षर लेख्दैनन्। यसको पछाडि खास कारण छ।
अनलाईन सर्वेक्षण गरिने साइट कोरामा एक डाक्टरले नै यसको जवाफ दिएकी छिन् ।
आरुषी शर्मा नामकी ती डाक्टरले यो प्रश्नको जवाफ दिएकी हुन् । आरुषीका अनुसार डाक्टर बन्नुभन्दा पहिले निकै मेहनत गर्नुपर्छ।
डाक्टरहरुले कम समयमा निकै ठूला ठूला परीक्षा दिएका हुन्छन् ।
यसै कारण समय बचाउनका लागि उनीहरुले निकै छिटो लेख्छन् । यही कारण उनीहरुको अक्षर निकै फोहोरी हुने गर्छ।







