चितुवाको छाला तथा दाँतसहित एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले चितुवाको छाला तथा दाँत सहित मकवानपुर बकैया गाउँपालिका वडा नं.२ तिनकुने बस्ने ३२ वर्षीय सोमबहादुर गोलेलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको संयुक्त प्रहरी चेकिङ्ग टोलीले गोलेलाई जितपुरसिमरा उप महानगरपालिका वडा नम्बर ७ जितपुर बजार चोकबाट पक्राउ गरेको हो।

पक्राउ परेका गोलेको साथमा रहेको झोलाबाट लुकाइ छिपाइ राखेको अवस्थामा लोपउन्मुख जंगली जनवार चितुवाको रौं सहितको सुकेको छाला १ थान र ४ वटा दाँत बरामद गरिएको प्रहरीले जनाएको छ।

चितुवाको छाला तथा दाँतसहित पक्राउ परेका गोलेलाई आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय सिमरामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार