१२ औँ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आजको खेलमा अष्ट्रेलिया र वेष्ट इन्डिज प्रतिस्पर्धा गरिरहेका छन्।
वेष्ट इन्डिजले टस जितेर फिल्डङ रोजेको खेलमा अष्ट्रेलियाले ब्याटिङ गरिरहेको छ। वेष्ट इण्डिजले उत्कृष्ट बलिङ गरेको छ।
२३ ओभरसम्मको खेल सकिँदा अष्ट्रेलियाले पाँच विकेटको क्षतिमा १०६ रन बनाएको छ। अष्ट्रेलियाका उस्मान खवाजा १३, आरोन फिन्च ६ र डेविड वार्नर ३ र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भएका छन्।
वेष्ट इण्डिजका शेल्डन कोट्रेलले २ तथा आन्द्रे रसेल र ओशान थोमसले एक–एक विकेट लिएका छन्।







