आईपीएल, विश्वकप क्रिकेट र च्याम्पियन्स लिग फुटबललगायत प्रतियोगितामा सट्टावाजी ‘बेटिङ’ गराउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
खेलको हारजितमा वाजी राख्न लगाई सट्टावाजी गरेर अवैध रुपमा रकम असुलेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भई हाल काठमाडौँ स्वयम्भू बस्ने ३६ वर्षीय बज्र प्रकाश लामा, सोहि स्थानका ३० वर्षीय विद्युत प्रकाश लामा र रामेछापको लिखु गाउँपालिका घरभई हाल रानी वन बस्ने ३३ वर्षीय उमेश कार्कीलाई पक्राउ गरेको हो।
उनीहरुले अवैध रुपमा रकम असुली गरिहेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरुलाई बुधबार काठमाडौँको बिजेश्वरी र न्यूरोडबाट एक लाख रुपैयाँ सहित नियन्त्रणमा लिएको हो।







