ललितपुरको महांकाल गाउँपालिकामा रहेको बतासे डाँडामा आमा–छोरीले आत्महत्या गरेका छन् ।

केही महिनाअघि मात्र बसाइँ सरेर आएका आमा जानी र छोरी राधिकाले झुण्डिएर आत्महत्या गरेका हुन् ।

महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी राजकुमार खिउजुले घटनाको पुष्टि गर्दे अनुसन्धान भइरहेको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘भर्खर घटनास्थल पुगेर फर्किँदैछु । विस्तृत अनुसन्धानपछि नै कारण खुल्ला ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार