बलिउड अभिनेत्री प्रियंका समयसमयमा चर्चामा आउँने गर्छिन । उनले हालै एक पत्रिकाको कभर तस्वीरका लागि फोटो खिचाएकी छिन् ।
यो तस्वीरमा उनले साडी त लगाएकी छिन तर केही फरक अन्दाजमा देखिएको छ । फेशन डिज़ाइनर तरुण तहलियानीले डिजायन गरेको गोल्डन शिमरी साड़ीसँगै प्रियंकाले ब्लाउज लगाएको देखिएको छैन ।
प्रियंका साडीमा मात्रै पोज दिइरहेको देख्न सकिन्छ । उनको यो तस्वीर अहिले चर्चामा आएको छ ।
उनका फ्यानहरुले चर्चामा आउँनको लागि जे पनि गरेको र भातीय संस्कार बिर्सेको आरोप लगाएका छन् ।












