काठमाडौं । नेपाल सरकारका एक मन्त्रीका दाई हराएका छन् । प्रहरीको टोली गएको सोमबार (२० जेठ २०७६) तालिमप्राप्त कुकुरसहित कीर्तिपुर आसपासको जंगल क्षेत्रमा सक्रिय देखिएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त कीर्तिपुरबाट खटिएको टोली पुष्पलाल पार्क, भाजंगलसहितका क्षेत्रमा ध्यानपुर्वकखोज अनुसन्धान गरिरहेको थियो । डीएसपी होविन्द्र बोगटी नेतृत्वमा रहेको प्रहरी टोली १५ जेठदेखि निरन्तर यो क्षेत्रमा परिचालन भइरहेछ ।

प्रहरीको खोजी सूचीमा संघीय कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालका दाजु शिवप्रसाद ढकाल र काठमाडौं मेडिकल कलेजमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत शिशिर खनाल छन् । मन्त्रीका दाजु हराएको आज ८ दिन भएको छ । खनाल हराएको ६ दिन भएको छ । काठमाडौं प्रहरीमा निवेदन परेपछि प्रहरी टोलीले कीर्तिपुर क्षेत्र लक्षित गरी विशेष खोजी गरिरहेको हो ।

मन्त्री भानुभक्तका दाजु शिवप्रसाद ढकाल बल्खु हाइटस्थित घरबाट सम्पर्कबिहीन भएको जानकारी दिइएको छ । उनी हराएको घर त्रिवि परीक्षा नियन्त्रण कार्यालय नजिकै पर्छ । मोरङको सुन्दरहरैचा नगरपालिका बिराट चोकका शिवप्रसाद २०७६ जेठ १५ बाट बेपत्ता भएका हुन् । यसैगरी काठमाडौं मेडिकल कलेजमा चिकित्सा शास्त्र चौथो वर्षका बिद्यार्थी शिशिर २०७६ जेठ १७ बाट सम्पर्क बिहीन छन् । उनको मोटरसाइकल कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिएपछि प्रहरीले सोही क्षेत्रमा ‘सर्च’ अप्रेसन गरेको जानकारी दिएको छ ।

प्रहरीका अनुसार १५ जेठको बिहान घरबाट निस्किएका शिवप्रसाद ढकाल त्यसपछि सम्पर्कमा छैनन् । बिरामी शिवप्रसाद काठमाडौंका बिषयमा अन्जान नै छन् । उनी मोरङमै बस्दै आएका थिए यहाँ उपचारका लागि आएका थिए । मोबाइल साथमा बोक्दा नेटवर्क पछ्याउँदै प्रहरीलाई खोज्न सहज हुन्छ । हराएका एक जना शिवप्रसाद ढकालसँग मोबाइल नै थिएन । एमबीबीएसका विद्यार्थीको मोबाइल पहिलैदेखि अफ छन् । यसलाई शक्दो सेयर गरेर सबैसम्म पुर्याउनुहोला ।janaboli

https://www.youtube.com/watch?v=QNL4j91fqg8

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार