काठमाडौं । प्रदेश नम्बर ७ मा डरलाग्दो हावाहुरीसहित वर्षा भएको छ । केही महिना पहिले बारा र पर्सामा आएको हावाहुरीजस्तै डरलाग्दो हावाहुरी आएको स्थानीयले बताएका छन् । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा भीषण आँधीहुरी आउँदा डेढ दर्जन भन्दा धेरै घाइते भएका छन् । आज साँझ साढे ७ बजेतिर आएको हावाहुरीका कारण धनगढीमा १० जना घाइते भएका छन् ।

यस्तै रुखहरु ढल्नुका साथै सयौं घरका छानाहरु उडाएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीले आँधीहरुबाट जनजीवन प्रभावित बनेको र उद्दारकार्य जारी रहेकाले थप मानवीय क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो । उहाँले जिल्ला प्रहरी कार्यालयको वाल र बोर्ड हुरीले उडाएको जानकारी दिँदै ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध बन्न पुगेको जानकारी दिनु भएको छ ।

जिल्लाभरी नै हुरीको प्रभाव छ । यस्तै, कञ्चनपुरमा पनि हुरीको व्यापक प्रभाव परेको छ । विशेषगरी महेन्द्रनगर र आसपासको क्षेत्रमा हुरीको प्रभाव परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । हुरीबाट ८ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

https://www.youtube.com/watch?v=QNL4j91fqg8

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार