काठमाडौं । भौतिकशास्त्रका महान् वैज्ञानिक अर्ल्बट आइन्सटाइनले लेखेकोे एक चिट्ठी गत साता करिब ५५ लाख रुपैयाँ (५३ हजार ५०३ अमेरिकी डलर)मा लिलामीमा बिक्री भएको छ।
लाइभ साइन्समा प्रकाशित समाचारअनुसार सन् १९५३ मा भौतिक विज्ञानको अध्यापन गरिरहेको समयमा आइन्सटाइनले उक्त चिट्ठी एक लेखक एल कन्र्भसलाई लेखेका थिए । उक्त चिट्ठी ‘नेट डी स्यान्र्डस् हाउस’ले लिलामी बढाबढमार्फत् बेचेको हो।
‘नेट डी स्यान्र्डस् हाउस’काअनुसार गत मार्च ३० देखि लिलामी मूल्य करिब १६ लाख रुपैयाँ (१५ हजार डलर)बाट सुरु गरिएको थियो।
‘नेट डी स्यान्र्डस् हाउस’का प्रवक्ता शम हैलरले उक्त चिट्ठी कैयौं वर्षदेखि ‘कन्र्भस’ परिवारको स्वामित्वमा रहेको बताएका छन्।
‘नेट डी स्यान्र्डस् हाउस’ले उक्त चिट्ठी खरिदकर्ताको सम्झौताअनुसार कसले खरिद गरे भन्नेबारे सार्वजनिक गर्न नसकिने उल्लेख गरेको छ।
‘नेट डी स्यान्र्डस् हाउस’काअनुसार उक्त चिट्ठी आइन्सटाइनले सन् १९५३ को सेप्टेम्बर ४ का दिन प्रिन्सटन न्यू जर्सीमा रहेको ‘इन्स्टिच्यूट फर एडभान्स स्टडी सेन्टर’को कोठा नम्बर-११५ बाट पठाएका थिए।
https://www.youtube.com/watch?v=QNL4j91fqg8







