एजेन्सी । हालसालै मात्र जापानका प्रधानमन्त्री शिंजो आबे इजरायल भ्रमणमा जाँदा त्यहाँको डिनरमा उनको लागि जुत्तामा डेजर्ट दिइएको थियो । जसको पुरा विश्वभर नै निन्दा पनि गरियो । तर यो जानेर तपाईको होस् उड्न सक्छ कि संसारमा यस्ता पनि ठाउँ छन् अचम्म तरिकाले खाना पस्किने गरिन्छ ।

कुनै स्थानमा संस्कृतिको रुपमा भने केही स्थानमा केही नयाँ गर्ने चाहना यस्तो गरिएको छ । उदाहरणको लागि इण्डोनेशियाको एक रेष्टुरेन्टमा ट्वाइलेटको प्यानमा खाना पस्किने गरिन्छ ।

इण्डोनेशियामा जाम्बन क्याफेले ट्वाइलेट थिममा शौचालयको प्यानको आकारमा रहेका प्लेटहरुमा खाना पस्किने गरिन्छ । जुन खाना खानको लागि बस्ने स्थान पनि प्यान जस्तै हुन्छ । यसको कारण हो मानिसहरुलाई अनौठो अनुभव दिनु तथा स्वच्छताको प्रतिकलाई जागरुक गर्नु ।

https://www.youtube.com/watch?v=QNL4j91fqg8&t=49s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार