अमेरिकन टेलिभिजनकर्मी तथा महिला व्यवसायी पेरिस हिल्टनले एक क्लबमा नाच्दानाच्दै आफ्नो २० लाख डलर पर्ने औँठी हराएकी छन् ।
लगभग २१ करोड नेपाली रुपैयाँ पर्ने उक्त औँठी खोजविनका क्रममा भेटिएको छ ।
क्लबमा उपस्थित प्रत्यक्षदर्शीका अनुसार ती महिलाले हात हल्लाउँदै नाचिरहेकी थिइन् ।
नाच्ने क्रममा उनको महँगो औँठी हरायो । औँठी हराएपछि उनी एकदम चिन्तित भइन्, किनकि क्लबमा धेरै मान्छे थिए र अँध्यारो थियो ।
उनका सहयोगीले भिआइपी सेक्सनमा औँठीबारे खोजी गरे ।
आखिर एक आइस बास्केटमा उनको औँठी भेटिएको थियो । – एजेन्सी
https://www.youtube.com/watch?v=QNL4j91fqg8&t=50s







