काठमाडौं । चर्चित बलिउड गायिका नेहा कक्करले जेठ २५ गते पहिलो पटक काठमाडौंमा आफ्नो प्रस्तुति दिँदै छिन् । सांगीतिक प्रस्तुतिका लागि पहिलो पटक उनी काठमाडौं आउँन लागेकी हुन् ।

जेठ २५ गते शनिबार आयोजना हुने ‘नेहा कक्कर लाइभ’मा नेहाले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दैछिन् । पारामाउन्ट इन्टरटेन्मेन्टले नेहालाई ठमेलमा रहेको २५ सय दर्शक क्षमताको लर्ड अफ् ड्रिङ्स (एलओडी) मा प्रस्तुत गर्न लागेको जानकारी दिएको छ ।

‘नेहा कक्कड लाइभ’ कार्यक्रम जेठ २५ गते शनिबार राति ८ बजेपछि प्रारम्भ हुनेछ । कन्सर्टमा सहभागिता जनाउन गायिका कक्कड जेठ २४ गते शुक्रबार नै आफ्ना ब्याण्डका संगीतकर्मीसहित काठमाडौं आउने भएकी छिन् ।

आयोजक संस्थाका सञ्चालक जनार्दन ढुंगेलका अनुसार, कन्सर्टमा नेहाको ब्याण्डका संगीतकर्मी तथा यो सिजनको इण्डियन आइडलका टप टेन प्रतिस्पर्धीसहित १८ जना संगीतकर्मीहरूको समूहले आफ्नो सानदार प्रस्तुति दिनेछन् । भारतीय गायिका नेहा कक्कड लाइभमा नेपाली गायक गायिकाहरूको पनि सहभागिता रहनेछ ।

कन्सर्टका आयोजक दीपक घिमिरेका अनुसार कार्यक्रमका लागि अग्रिम बुकिङ प्रारम्भ भैसकेको छ । यसअघि दीपक घिमिरेले बलिउडका लोकप्रिय गायक कुमार सानुलाई नेपाल ल्याएर भव्य सांगीतिक कार्यक्रममार्फत प्रस्तुत गरिसकेका छन् । टिकटको मुल्यबारे आयोजकले कुनै जानकारी दिएको छैन ।janaboli

https://www.youtube.com/watch?v=QNL4j91fqg8&t=2s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार