काठमाडौं । केही दिन देखि लगातार भइरहेको वर्षाको कारण पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाटमा पहिरो गएका कारण सडक अवरुद्ध बनेको हो । धादिङको रोराङ गाउँपालिका १० बेनीघाट नजिकै सडकमा पहिरो खसेपछि सडक बन्द भएको छ ।

सडक अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्रमा परेका छन् । बिहीबार राति आएको अविरल वर्षाका कारण पहिरो गएको प्रहरीले जनाएको छ ।

पहिरोकै कारण राजधानी काठमाडौं जाने बाटो समेत बन्द भएको छ । सडकको अवरोध खुलाउनका लागि प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

https://www.youtube.com/watch?v=QNL4j91fqg8&t=3s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार