काठमाडौं । पछिल्लो समय नक्कली प्रहरीको नाममा ठगी बढ्दै गएको छ । राजधानी लगायत देशका विभिन्न ठाउँहरुमा सर्वसाधारणलाई दुःख दिने काम भइरहेको छ । प्रहरी भन्दै धाकधम्की दिँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काभ्रे नमोबुद्व नगरपालिका १ घर भई हाल काठमाडौं जडिबुटी बस्दै आएका २० वर्षीय सौगात लुईटेल रहेका छन् ।

लुईटेलसँगै प्रहरीको सई भन्दै स्थानीयलाई धम्क्याउँदै हिँड्ने योहुना घलेमगर भने फरार भएको प्रहरीले जनाएको छ । लुईटेललाई बिहीबार पेप्सीकोलाबाट पक्राउ गरेको र घलेमगरको खोजीकार्य जारी रहेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रमुख डीएसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

उनीहरुले जेठ २१ गते सडक पेटीमा हिँड्दै गरेका बल बहादुर सार्कीलाई हामी प्रहरीको इन्सपेक्टर र सई हौं भन्दै चेकजाँच गर्ने बहानामा लछारपछार गरेर कुटपिट गरी अभद्र व्यवहार गरेका थिए । सार्कीको मोबाइल समेत हराएको र सार्कीले प्रहरीमा दिएको जाहेरीको आधारमा उनीहरुलाई खोजतलास गर्ने क्रममा इन्सपेक्टर भन्दै हिँड्ने सौगात पक्राउ परेका हुन ।

डीएसपी काफ्लेका अनुसार उनीहरुले स्थानीयलाई प्रहरी हुँ भन्दै धम्क्याउँदै हिँड्ने गरेको पाइएको छ । अभद्र व्यवहार मुद्दामा म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।janaboli

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार