एजेन्सी । ‘द इस्लामिक इस्टेट अफ इराक एण्ड सिरिया’ (IS or ISIS)ले विश्वलाई नै आतंकित बनाइरहेको छ, जुन १९९० मा स्थापित भएको थियो । सो अतिवादी संठगनविरुद्ध संसारका धेरै राष्ट्रहरु लागि परेका छन् । यस्तोमा केही साहसी महिलाहरु पनि देखिए जो यो संगठनका विरुद्धमा लड्न तयार भए ।

१. जोएना पलानी (Joanna Palani)

जोएना इराकमा जन्मिएर ३ वर्षको उमेरमा शणरार्थीको रुपमा डेनमार्क पुगेकी थिइन् । जब जोएना २३ वर्षकी भइन्, तब उनी डेनमार्कमा कलेज छाडेर आइसिसविरुद्ध लड्नको लागि तयार भइन् । उनले महिला अधिकार र लोकतन्त्रको लागि आईसिसविरुद्ध संघर्ष गरेकी थिइन् । पलानीले सिरियास्थित ‘कुर्दिस पेस्मेर्गा एण्ड द वेस्टर्न ब्याक्ड वाईजीपी मिलिसिया’ (Kurdish Peshmerga and the Western-Backed YGP Militia)मा आबद्ध रहेर आइसिसविरुद्ध युद्ध गरेकी हुन् । यसो गर्दा आइसिसले उनको टाउकोको मुल्य १० लाख डलर तोकेको थियो । तर उनीलाई डेनमार्ककै सरकारले पक्राउ गरेर भ्रमणको लागि प्रतिबन्ध लगाएको थियो । उनलाई पक्राउ गरिरहँदा संसारभरका लाखौँ मानिसले डेनमार्कको न्याय प्रणालीको नै आलोचना गरेका थिए ।

२. किम्मी टेलर (Kimmie Taylor)

२७ वर्षीय किम्मी आईसिसको विरुद्धमा लड्ने पहिलो बेलायती महिला हुन् । लिभरपुर युनिभर्सिटिबाट स्नातक सक्काएपछि उनले इङ्ल्याण्ड रहेको उनको घर छोडेर कुर्दिस पेस्मेर्गामा आबद्ध भइन् । उनी सो संगठनमा रहेर ११ महिना सैन्य तालिम लिइन् । फेब्रुअरी २०१७ मा उनको संगठनको मुख्य आधार शिविरमा आक्रमण भयो । सो समयमा उनले ३ घण्टासम्म आईसिसका लडाकुहरुको सामना गरिरहिन् । भाग्यवस उनलाई केही भएन ।

 

३. नहिदा अहमद रसिद (Nahida Ahmad Rashid)

महिलाहरु आबद्ध रहेको सबै कुर्दिस सैन्य टोली आइसिसको लागि निकै नै टाउको दुखाईको विषय बन्न पुग्यो । कमाण्डर नहिदाले नेतृत्व गर्ने दोस्रो बटालियनमा ५०० सदस्य रहेका थिए । रसिदका अनुसार महिलाद्वारा मारिनु आईसिस लडाकुहरुका लागि निकै नै ठूलो श्रमको कुरा हो ।

 

४. साटे शिंगाली (Xate Shingali)

शिंगाली वास्तविक रुपमा एक गायिक हुन्, जो युट्युबमा निकै चर्चित थिइन् । उनले युट्युबमा आफू गीत गाएको भिडियो हालेको एक वर्षपछि आईसिसले इराकको सिन्जार प्रान्तमा आक्रमण ग¥यो । त्यसपछि शिंगाली गायन पेशा छोडेर आईसिसको विरुद्धमा लड्न गइन् । उनी कुर्दिस पेस्मेर्गामा आबद्ध भइन र पछि सन ब्रिगेडको प्रमुख पनि भइन्, जुन महिलाहरुको टोली हो । शिंगाली कहिल्यै पनि आईसिस लडाकुहरुको शिकार भइनन् । उनले आफू, आफ्नो परिवार र देशको रक्षाका लागि बन्दुक उठाएकी थिइन् ।

 

५. वहिदा मोहामेद (Wahida Mohamed)

३९ वर्षीय वहिदा मोहामेद शान्त र सरल स्वाभावकी देखिन्छिन् । तर उनी भित्रबाट आँटिली र बहादुर महिला हुन् । अम हनादी (Um Hanadi)को रुपमा चिनिने वहिदाले सिरकात (Shirqat) भन्ने स्थानमा ७० जना पुरुष आबद्ध रहेको एक रक्षात्मक समूहको नेतृत्व गर्छिन् । जुन इराकको मोसुल सहरबाट करिव ८० किलोमिटर दक्षिणतर्फ पर्दछ । आईसिसले उनको ६ पटकसम्म असफल हत्या प्रयास गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार