काठमाडौं । पछिल्लो समय राजधानीमा लुटपाट मच्चाउदै आएका गुण्डामाथि प्रहरीले गोली चलाएको छ । राजधानीका विभिन्न स्थानमा लुटपाटमा संलग्न छिरिङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । शुक्रबार दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले काठमाडौको अत्तरखेलबाट तामाङलाई नियन्त्रणमा लिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिनुभयो ।

विशेष सूचनाका आधारमा अत्तरखेल पुगेको प्रहरी टोलीमाथि तामाङले आक्रमणको प्रयास गरेपछि फायर खोल्नु परेको प्रहरीले बताएको छ । उनको समूहका यसअघि नै चारजना पक्राउ परिसकेका छन् । तामाङ नेतृत्वको समूहले काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा लुटपाट गरेको उजुरी परेपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो।

तामाङको समूहले काठमाडौंको जोरपाटी, बौद्ध र ललितपुरको इमाडोलका सुनपसल र आइएमी लुटपाट गरेपछि प्रहरीले खोजी तीब्र पारेको थियो। घरेलु हतियार देखाएर यो समूह लुटपाटमा सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । तामाङको खुट्टामा दुई गोली लागेको छ।

यो पनि पढ्नुहोस्, गए राति कैलाली, कञ्चनपुर र वर्दियामा आएको हावाहुरीको कारण २ जनाको मृत्यु भएको छ भने १०३ जना घाइते भएका छन् । घाइतेमध्ये ८३ जना विभिन्न अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् । हावाहुरीको कारण मृत्यु हुनेमा कैलाली टिकापुर नगरपालिका९२ राजिपुर बस्ने ४७ वर्षीय लाहानु दबैरा र कैलाली गोदावरी नगरपालिका-८ बस्ने ३५ वर्षीय बीर बहादुर चौधरी रहेका छन् ।

हावाहुरीले पोल्ट्री फर्मको पर्खाल भत्किदाँ बेहोश भएका लाहानु दबैरालाई उपचारको लागि टिकापुर अस्पताल लगिएकोमा थप उपचारको लागि नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने चौधरी सवार से.१ प ५८२१ नम्बरको मोटरसाइकल हुरीले अनियन्त्रित भई बा. ३ प ३८३६ नम्बरको टिपरमा ठोक्किदा उनको मृत्यु भएको हो ।

हावाहुरीमा परी कैलालीमा घाइते भएका ७८ जनामध्ये ६ जनाको अञ्चल अस्पताल कैलालीमा तथा २ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र २ जनालाई थप उपचारको लागि भारततर्फ लगिएको छ भने ६८ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । साथै हावाहुरीमा परी कञ्चनपुरमा घाइते भएका २३ जनालाई उपचारको लागि अञ्चल अस्पताल महाकाली पठाइएकोमा १५ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने ८ जनालाई थप उपचारको लागि सेती अञ्चल अस्पताल रिफर गरिएको छ ।

यसैगरी हावाहुरीमा परी वर्दिया बाँसगढी नगरपालिका ४ मदाह बस्ने २७ वर्षीया सुमित्रा बिक र उनका ५ वर्षीय छोरा नारायण बिक घाइते भएका छन् । कच्ची घर भत्किदा घाइते भएका उनीहरुलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँकेतर्फ लगिएको छ । सबै स्थानमा प्रहरी टोली खटि गई स्थानीय बासिन्दाको सहयोगमा आवश्यक उद्दार कार्य गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार