काठमाडौं । नेपालमा अहिले पनि छुवाछुत जस्तो जातीय विभेद कायमै छ । जात–जातकाबीचमा हुने विभेदले नेपाली समाजलाई धेरै पछाडी धकेलेको छ । यो बिचमा बैतडीमा एक अनौठो घटना बाहिर आएको छ ।

आफ्नो कुवाको पानी खाएको निहुँमा बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर–८, सैनीमा स्थानीय तुलसी सार्कीमाथि कुटपिट भएको छ । तुलसीमाथि स्थानीय सीता पार्कीले कुटपिट गरेकी हुन् । खेतमा काम गर्दै गरेको बेला तुलसीका छोरा नवीन सार्कीले नजिकै रहेको कुवाबाट पानी लिएकै कारण कुटपिट गरेको तुलसीका देवर शंकर सार्कीले बताउनुभयो ।

दलितभित्र तल्लो जाति भनेर विभेद गर्ने गरेकै कारण कुटपिट भएको उहाँले बताउनुभयो । बिहीबार दिउँसो घटना भएको भए पनि शुक्रबार खोचलेक प्रहरी चौकीमा उजुरी परेपछि घटना सार्वजनिक भएको हो । खोचलेक प्रहरीले भने कुटपिट भएको भन्ने निवेदन आएको तर जातीय विभेदको कुरा भने निवेदनमा उल्लेख नभएको जानकारी गराएको छ ।

घाइते तुलसीको पाखुरा र आँखाको नजिक घाउ रहेको तुलसीका देवर शंकरले जानकारी दिनुभयो । उहाँलाई उपचारका लागि धनगढी लैजाने सहमति भएको छ । पहिला उपचार गरेर त्यसपछि मात्र मिलापत्र गर्ने सहमति भएको छ ।janaboli

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार