विद्यार्थीको सुन्दर भविष्यका लागि हरेक पल लागिपर्ने शिक्षकले नै आत्महत्या गरेका छन् । झापाको शिवशतासी गाउँपालिकामा रहेको लालपानी मा।बि का शिक्षक पुन्यप्रसाद दाहाल ले आज बिहान आत्महत्या गरेका हुन् ।

आफुले पढाउने स्कुलको कम्पाउडको रुखमा झुन्डिएर आत्महत्या गरेको बताइएको छ । क्यान्सर रोगबाट पीडित भएका शिक्षक केही महिना अघिदेखि ड्रिप्रेसनको शिकार भएको छिमेकीहरु बताउँछन् ।

पेटको आन्द्रामा क्यान्सर देखिएपछि उनको काठमाडौंमा उपचार गरिएको थियो । काठमाडौंमा डाक्टरले नेपालमा उपचार सम्भव नभएको हुनाले भारतको लगेर उपचार गर्न सुझाव दिएका थिए ।

शिक्षकको आत्महत्याको खबरले सो क्षेत्र शोकाकुल भएको छ । प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान अगाडी बढाएको छ ।janaboli

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार