काठमाडौ । पछिल्ला दिनहरुमा घटेका केही घटनाहरुले ममता र मानवतामाथि गम्भीर प्रश्न गरिरहेका छन् । केही दिन पहिले आफ्नै आमाले बच्चाको हत्या गरेको घटना बाहिर आएको थियो । योबीचमा अर्को मुटु काप्ने घटना बाहिर आएको छ ।

आफ्नै शिशुलाई खोलाको काँसघारीमा छाडेर भाग्ने आमालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ । गएको चैत २ गते आफैले जन्मदिएको शिशु बालकलाई मावाखोला बाँसखारीमा छाडेर भागेकी बालककी आमा माया राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ स्थित नवनिर्मित बसपार्क छेऊको मावाखोलाको किनार काँसघारीमा फालिएको अवस्थामा २०७५ चेत २५ गते शिशु फेला परेको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट गएको प्रहरी निरीक्षकसमेतको टोलीले त्यो नाबालकलाई उद्दार गरी गोदावरी हस्पिटल उर्लाबारीमा पठाएको थियो ।

बच्चाको आमा खोजतलास गर्दै जाने क्रममा इलामको माङसेबुङ गाउँपालिका–६, स्थायी घर भई उर्लाबारी नगरपालिका ६ पानीटंकीका अमृत तामाङको घरमा बस्दै आएकी करिब ३० वर्षीया माया राईको रहेको खुल्न आयो । लामो समय खोजी गर्दा पनि फेला नपरेकी शिशुकी आमा खोज्ने क्रम तिव्र बन्दै गयो ।

नवजात शिशुलाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगर ल्याइएकोमा शिशुकी आमा माया राई नोबेल अस्पतालमा आफै उपस्थित भएको समेत प्रहरीले जानकारी पायो । तर नवजात शिशुको २८ गते बिहान उपचारका क्रममा मृत्यु भयो । बच्चाको मृत्युपश्चात अस्पताल परिसरबाट मृतक नवजात शिशुकी आमा माया राई भागेको प्रहरीले जनाएको छ ।

वैशाख २ गते इलाका प्रहरी कार्यालय उर्लाबारीले उनका विरुद्धमा मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ को परिच्छेद १२ को दफा १८४ बमोजिम जिल्ला अदालत मोरङमा मुद्दा दायर गर्यो । झापाको दमक नगरपालिका ७, रतुवाखोला किनारामा रहेको सुकुम्बासी बस्तीमा बसोबास गर्दै आइरहेको भन्ने सूचनाको आधारमा निगरानी गर्दै जाँदा उनलाई उर्लाबारी,५ हाटखोलाको शुक्रबारे बजारबाट पक्राउ गरिएको हो । प्रहरीले पक्राउ परेकी मायाले २०७५ असारमा काठमाडौंमा भेट भएका एक व्यक्तिसँग प्रेम विवाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।janaboli

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार