काठमाडौं । माइतीघरमा अचानक भएको डरलाग्दो सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ । माइतीघरमा कार र मोटरसाइकल ठोक्किए र दुर्घटना हुँदा एकको मृत्यु भएको हो ।

हिजो राति भएको दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक काठमाडौं नयाँ बानेश्वरका २३ वर्षीय आयुषराज पाण्डे रहेका छन् भने अर्का एक जना घाइते भएका छन् ।

बा १७ च ४३८४ नम्बरको कारमा बा ७२ प ९५७१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको र मोटरसाइकलमा पछाडि बसेका तेह्रथुम घर भई नयाँ बानेश्वर बस्ने २२ वर्षीय सन्तोष भण्डारी घाइते भएको प्रहरीले जनाएको छ ।

कार चालकलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।janaboli

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार