काठमाडौं । थाक्रे गाउँपालिका–५ तसर्पुमा बिहान ९ बजे विद्यालय पोसाकमै बालबालिका एउटा ठूलो हलभित्र प्रवेश गर्छन् । तर, उनीहरुसँग कापीकिताब हुन्न । कुनै कार्यक्रममा गएका हुन् कि भन्ने लाग्छ ।

आदर्श मावि र शिवशंकर आधारभूत विद्यालयका विद्यार्थीको एक दशकदेखिको यो दैनिकी हो यो । विद्यालयमा कापीकिताब राखेर उनीहरु खाना खान जनभोजनालय जान्छन् । मेलापातका कारण घरमा खाना बनाउन नभ्याएका स्थानीय र बृद्धबृद्धा पनि जनभोजनालयमै खाना खान्छन् ।

थाक्रे ५ दामचौरमा प्रेमसागर फाउन्डेसनले मानव सेवाका लागि जनभोजनालय स्थापना गरेको थियो । यसले १० वर्षदेखि धादिङ र मकवानपुरका २ हजार ५ सय जनालाई निःशुल्क खाना र खाजा खुवाउँदै आएको छ ।

‘दैनिक ५ सय स्थानीय र २ हजार बालबालिकालाई पौस्टिक, सन्तुलित, ताजा खाना र खाजा खुवाउँदै आएको १० वर्ष भयो’ फाउन्डेसनका उपाध्यक्ष प्रेमराज ढुंगेलले भने ।

जनभोजनाल सञ्चालनका लागि फाउन्डेसनले १५ रोपनी जग्गामा तरकारी लगाएको छ । फाउन्डेसनको एक दिनमा २५ हजार खर्च हुने गरेको छ । एक वर्षको खर्च ९१ लाख रुपैयाँ हुन आउँछ ।

त्यसको आधार रकम दाताबाट संकलन हुने गरेको छ । बाँकी रकम फाउन्डेसनले जुटाउँछ । विवाहोत्सव, जन्मदिन, बाबुआमाको स्मृति दिवस, संघसंस्था स्थापना दिवसलगायत अवसरमा थुप्रै मनकारीले एक दिनबराबरको खर्च बेहोर्ने गरेका छन् ।

सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेत पनि वार्षिक दाता हुन् । उनले विवाहभोज खर्च जनभोजनालयका लागि सहयोग गरेका थिए । रुपन्देहीकी ७० वर्षीया ज्ञानकला घिमिरेले बत्ती कातेर जम्मा गरेको पैसा मानवीय सेवाका लागि दान गरेको सुनाइन् । आजको अन्न्पूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो पनि, नेकपा नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुई पार्टी एकीकरणपछि नेता तथा कार्यकर्ताले काम नपाएको बताएका छन् । खनालले शुक्रबार साँझ नेकपा खोटाङ पार्टी कार्यालयमा आयोजित कार्यक्रममा भने, ‘म नै बेरोजगार छु ।

वर्ष दिनयता मलाई पार्टीले केही जिम्मेवारी दिएको छैन । वर्ष दिनको निष्क्रियताले कार्यकर्तामा खिया लागेको हुनसक्छ । कुनै न कुनै हिसाबले गलत चिन्तनले घर गरेको हुन सक्छ । त्यसमा हामीले धोईपखाली गर्नुपर्छ ।’

पार्टी एकताका क्रममा तल्ला कमिटीलाई तत्काल विघटन गर्दा प्राविधिक कमजोरी भएको भन्दै नेता खनालले वर्ष दिनसम्म नेकपाका आठ लाख सदस्य कामबिहीन बनेको बताए ।

उनले सिद्धान्त, क्रान्ति, पार्टी, जनता र आफैंप्रति विश्वास गर्न नेकपाका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार